सरकारबिरुद्ध कांग्रेसको सडक संघर्ष (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले सरकारबिरुद्ध देशब्यापी प्रदर्शन सुरु गरेको छ । देशभरका ७७ वटै जिल्लाहरुमा एक साथ सरकारबिरुद्ध सडक सघर्षको घोषणा गरेको छ । कोरोना महामारीकै बीच प्रमुख प्रतिपक्षी दल प्रमुख नेताहरुसहित सडकमा आएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कांग्रेसले आन्दोलन घोषणा गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाहितका नेताहरु सरकारबिरुद्ध एकैसाथ देशका बिभिन्न ठाउँहरुबाट सडकमा नारा जुलुसमा सहभागी बनेका छन् ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्