सानिमा बैंकको एप् प्रयोगकर्तालाई एनसेलको निःशुल्क इन्टरनेट



काठमाडौं, (नेस) ।

सानिमा बैंक र एनसेल आजियाटाबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटाका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

यस सम्झौतापत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ) सेवा लिने बैंकका सेवाग्राहीलाई करिब ३०० बराबरको डाटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट ९ प्राप्त गर्नेछन् । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।सानिमा बैंकले आप्mनो बचत खातामा बीमाको सुबिधाको साथै उच्चतम ब्याज दिँंदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्