राजसंस्था माग्दै प्रदर्शन



बैतडी, (नेस) ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाको माग गर्दै बैतडीमा आइतबार प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र शिवसेनाले राजसंस्था र हिन्दुराज्य माग्दै प्रदर्शन गरेका हुन् ।

नेपाललाई सनातन हिन्दुराज्य कामय गर, राष्ट्रिय एकताको अखण्डता र संवैधानिक राजसंस्था हाम्रो मान्यता, राष्ट्रिय विभूतिहरूको सम्मान, सम्पूर्ण नेपालीको स्वाभिमान भन्दै प्रदर्शन गरिएको छ ।

सदरमुकामस्थित शाहिलेकबाट गोठलापानी हुँदै गढीसम्म र्‍यालीसहित प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा राप्रपाका केन्दीय सदस्य हेमबाबु लेखकलगायतको उपस्थिति रहेको थियो । गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिति बढाएको, संघीयता नेपालका लागि नसुहाएको प्रदर्शनकारीको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्