हमलामा सयौं विद्यार्थी हराइरहेको आशंका



अबुजा, (एजेन्सी) ।

उत्तर–पश्चिमी नाइजेरियामा रहेको एउटा माध्यमिक विद्यालयमा बन्दुकधारीहरूले गरेको आक्रमणको दौरानमा सयौं विद्यार्थी हराइरहेको आशंका गरिएको छ । थुप्रै मोटरसाइकलमा आएका ती आक्रमणकारीहरूले हवाई फायर गर्न थालेपछि त्यहाँ रहेका मानिसहरूको भागाभाग भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

शुक्रबार साँझ तिनीहरूले कास्टिना राज्यस्थित आठ सयभन्दा बढी आवासीय विद्यार्थी रहेको गभन्र्मेन्ट साइन्स सेकन्डरी स्कुलमा आक्रमण गरेका हुन् । शनिबार नाइजेरियाली सरकारी फौजले एक विज्ञप्ति जारी गरी जंगलमा आक्रमणकारीहरू लुकिरहेको स्थान पत्ता लगाइएको र तिनीहरूसँग गोली हानाहान भएको जनाएको छ ।

सो दोहोरो भिडन्तसम्बन्धी विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । तर, सरकारी अधिकारीहरूले कुनै पनि विद्यार्थीलाई चोटपटक नलागेको दाबी गरेका छन् । नाजेरियाली राष्ट्रपति मुहम्मादु बुहारीले आक्रमणको भत्र्सना गर्दै घटनाबारे गम्भीर छानबिन गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्