राजपुर बम काण्डका प्रतिवादी महताब आलम पुर्पक्षको लागि जेल चलान



सञ्जय कार्की, रौतहट ।

तेह बर्ष अघि भएको राजपुर बमकाण्डपछिको कर्तब्य ज्यान मुध्दाका आरोपी मोहम्मद महताब आलम पुर्पक्षको लागि गौर कारागार चलान भएका छन । नेपाली काग्रेसका नेता एबम पुर्बमंन्त्रि मोहम्मद अफताब आलमका उनी सहोदर भाई हुन ।

जिल्ला अदालत गौरका ६ नम्बर न्यायधिश मणिराम न्यौपानेको ईजलास महताव आलम पुर्पक्षका लागी गौर कारागार चलान गरिएको श्रेस्तेदार सुसिल यादवले बताउनु भयो । तत्काल प्राप्त प्रमाणका आधारमा बेकसुर हुन भन्ने नदेखिएकोले महताब आलम लाई मुलकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो ।

२०६४ चैत २७ गते राजपुरस्थित शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायत घाइतेलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा प्रहरीले पुर्बमंन्त्रि मोहम्म्द आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।

राजपुर बमकाण्ड घटनाका ६ जना आरोपीहरु अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजपुर बम काण्डको मुध्दा १२ बर्षपछि ब्युतिएपछि लामो समय देखि फरार रहेका मोहम्मद महताब आलम गएको शनीबार भारतको मोतिहारी बाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्