टोक्योमा सिंगल सौना लोकप्रिय



टोक्यो,(एजेन्सी)

विश्वभरि महामारीको रुपमा देखापरेको कोरोना भााइरसको कारण सबैतिरका अर्थतन्त्र र व्यापार व्यवशाय प्रभावित भएपनि जापानको राजधानी टोक्योमा हालै खोलिएको सौनाको व्यापार भने मज्जाले चलिरहेको छ । तर संक्रमण मुक्तिका लागि त्यहाँ प्रत्येक व्यक्तिका लागि एकल सेवा उपलब्ध गराइएको छ ।

फिनिस शैलीमा निर्मित सोलो सौना ट्युनको सौना कक्षहरुमा ग्राहकहरुलाई एक्लै बसेर तातो ढुँगेधाराबाट आएको पानीको आनन्द लिने व्यवस्था गरिएको छ । यसका संस्थापक दाइसुके कावासेका अनुसार एकल सौनाको शुरुवात गर्ने योजना कारोना भाइरसको समस्या आउनु भन्दा पहिलेकै भएपनि पछि सामाजिक दूरी कायम राख्नु पर्ने अवस्थामा यो तरिका अझै बढि लाभदायक सावित भएको हो ।

गत सातादेखि सेवा आरम्भ गरेको यो सौनालाई जापानमा एकल जीवन व्यतित गर्नेहरुको संख्या बढ्दै गएको फाइदा पनि पुग्ने भएको देखिन्छ । सन् २०१८ मा संकलन गरिएको तथ्याँक अनुसार आगामी सन् २०४० सम्ममा जापानमा एकल जीवन बिताउनेहरुको संख्यामा ४० प्रतिशतले वृद्धि हुने छ । यो तथ्यांक सन् २००५ मा ३० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्