काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट दुईको मृत्यु



Security personnel and onlookers stand at the site of a blast along the roadside in Lashkar Gah, the capital of Helmand province on November 12, 2020. – An Afghan journalist working for a US-funded radio network was killed in a blast in southern Afghanistan on November 12, officials said, just days after a former television presenter was murdered in Kabul. (Photo by NOOR MOHAMMAD / AFP)

काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो ।

यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताउनु भएको छ । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो ।

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार रहनु भएको थिएन ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्