प्रदेश २ मा सुरक्षा चुनौति : गृह सचिव न्यौपाने



सञ्जय कार्की, रौतहट ।

गृहसचिब महेश्वर न्यौपानेले प्रदेशनम्बर २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसंग सम्झौता नहुने बताउनु भयो । उहाले जिल्ला प्रशासन कार्यालय रौतहटको भबन उदघाटन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।

प्रहरी कर्मचारीहरु कर्तब्यबाट बिमुख भएमा कारबाही हुने बताउनु भयो । उहाले ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा तीन महिना अघि यातनाबाट मृत्यु भएका बिजय रामको सन्दर्भलाई समेत जोडेर कर्तब्य पालनबाट च्युत भएका प्रहरी अधिकारीलाई कारबाही गरिएको बताउनु भयो ।

सरकारी सेबाप्रदायक कार्यालयमा अनियमितता र काममा ढिलासुस्ति भएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने समेत बताउनु भयो । उहाले समयै बिकास निर्माणको कार्य सम्पन्न गर्न प्रशासक र सुरक्षाकमीहरुले सहयोगी भुमिका निर्बाह गर्नु पर्ने बताउनु भयो । रेलमार्ग, हुलाकी सडक, लगायतको महत्वकाक्षी बिकास निर्माणको कार्य समयमै सम्पन्न गराउन सहयोगी भुमिका निर्बाह गर्नु पर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र समयमै बिकास निर्माण कार्य सक्ने बाताबरणमा आफु सहयोगी भुमिका निर्बाह गर्ने बताउनु भयो । जिल्ला प्रशासन कार्यालय रौतहटको भबन १ कराड ७५ लाख ६८ हजार ४ सयमा निर्माण सम्पन्न भएको हो ।

भबन उदघाट कार्यक्रममा नेपालसमाचारपत्र रौतहटका संबाददता सञ्जय कार्की सहित १८ जना संचारकर्मी लाई सम्मान गरिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग पुरयाएको, कोभिढ १९ को संक्रमण फैलन नदिन जनचेतना जगाउन र भुमाफियाले स्रेस्ता कायम गरेको नेपाल सरकारको १ सय २२ बिघाहा जमिन फिर्ता ल्याउन योगदान पुरयाएको भन्दै संचारकर्मीहरु लाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्