कोरोना खोप सैतानको तर्फबाट आएको हो : दक्षिण अफ्रिकी प्रधान न्यायधिष



जोहनेसबर्ग (एजेन्सी) ।

दक्षिण अफ्रिका प्रधान न्यायधिष मोगोइंग मोगोइंगले कोरोना भाइरस खोपलाई लिएर विवादास्पद बयान दिएका छन् । उनले भनेका छन्, विश्वमा जुन खोपको उत्साहको सन्चार भइरहेको छ त्यो सैतानको तर्फबाट आएको हो ।

उनको यो बयानलाई लिएर वैज्ञानिकहरुले आलोचना गरेका छन् । वैज्ञानिकहरुका अनुसार ठुलो पदमा रहेका प्रभावशाली ब्यक्तीको यस प्रकारको बयानले जनताबीच भ्रम उत्पन्न हुन सक्छ । यसबीच प्रधान न्यायधिषले आफ्नो बयानको पक्षपोषण गर्दै भने, यो स्वतन्त्र देश हो र मलाई बोल्न कसैले रोक्न सक्दैन ।

न्यायधिष मोगोइंग एक चर्चमा प्रार्थना गरिरहेको एक भिडियो सामाजिक सन्जालमा एक भिडियो तिब्र रुपमा भाइरल भइरहेको छ । यस क्रममा उनले खोपबाट मान्छेको डीएनए नै खराब हुने दावी पनि गरे । आफ्नो प्रार्थनामा भने, जुन तिम्रो(इश्वर) तर्फबाट आएको होइन, त्यसको कुनै पनि खोपबाट म आफुलाई टाढा राख्छु । यस्तो कुनै खोप हो भने त्यो सैतानका तर्फबाट आएको हो , जसको उद्देश्य मानिसको जीवनमा ट्रिपल सिक्स (सैतानको चिह्न) ल्याउनु हो र यसले उनीहरुको डीएनएलाई खराब पार्नेछ । त्यसतो कुनै पनि खोपलाई हे इश्वर, त्यसलाई यिशु मसीहको नाममा अग्नीले नष्ट पारुन ।

मागोइंगको उक्त बयानलाई लिएर बैज्ञानिक र अन्य ब्यक्तीहरुलाई आक्रोसित पारेको छ । मोगाइग जस्ता प्रभावशाली ब्यक्तीबाट यस प्रकारको कुराले खोपको पर्खाइमा रहेकाहरुलाइ भ्रमित गर्न सक्ने उनीहरुले बताए । बिट्स विश्वविद्यालयमा वायरोलोजीका प्रोफेसर बैरी सउबले उनको बयानलाई दुर्भाग्यपुर्ण भएको बताउँदै उनको कदका जस्तो ब्यक्ती पनि जनतालाई गुमराहमा पारिरहेको बताए । किनभने यस महामारीलाई नियन्त्रण गर्नमा खोप एक महत्वपुर्ण हिस्सा हो । उनी जस्ता प्रभावशाली ब्यक्तित्व यसको नियन्त्रण प्रयासको विरोधमा देखिनु दुर्भाग्यपुण हो ।

आफ्नो बयानलाई लिएर टिक्काटिप्पणी हुन थालेपछि न्यायधिषले खोपलाई लिएर भइरहेको आलोचनालाई अस्विकार गरेका छन् । मानवअधिकार संगठन अफ्रिका ४ पल्स्टेनले पनि मोगाइंगको उक्त बयानको निन्दा गरेको छ । न्यायधिषले एक टेलिभिजन कार्यक्रममा आफ्नो धारणा ब्यक्त गर्ने अधिकारी उनलाई भएको बताए । आफुलाई मौन पार्न नसकिने र परिणामको पनि चिन्ता नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्