मौज्दात कोषको रकम निकासा गरिने



हेटौंडा, (नेस) ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौज्दात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहमा निकासा गर्ने निर्णय गरेको छ ।

जिससको ७१औं बोर्ड बैठकले जिल्ला सभाबाट पारित भएअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा मौज्दात कोष कार्यविधिले तोकेअनुसार योजना सञ्चालनका लागि रकम निकासा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहबाट माग भएअनुसार रकम उपलब्ध गराउने निर्णय भएको हो । मौज्दात कोषबाट कोष सञ्चालन निर्देशिकाबमोजिम गाउँपालिकासँगको लागत साझेदारीमा कार्य हुने गरी रकम उपलब्ध गराइने प्रमुख खुलालले बताउनुभयो ।

बैठकले जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ५० लाख रुपियाँ र हेटौंडा–९ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको खुलालले बताउनुभयो । हेटौंडा–१३ स्थित महेन्द्र माविलाई १० लाख, हेटौंडा–२ स्थित सिद्धार्थ माविलाई १५ लाख, हेटौंडा–८ स्थित मदन आश्रित स्मृति भवनका लागि १३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्