फाइजरलाई एफडीएको अनुमति, लगातार कीर्तिमान संक्रमित



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकामा लगातार तेस्रो दिन कीर्तिमान संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन् । यसबीच, अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले फाइजरको कोरोना खोपलाई अनुमति दिएको छ । एफडीएको यस अनुमतिले फाइजरलाई आफ्नो कोरोना खोप बजारमा ल्याउन मार्ग प्रशस्त भएको छ ।

बिहीबार हाइ पावर्ड भ्याक्सिन एडभाइजरी प्यानलको ९ घन्टा लामो म्याराथन बहसपछि फाइजर र बायाएनटेकको कोभिड–१९ खोपको आपतकालीन उपयोगका लागि आफ्नो हरियो झण्डा देखाएको हो ।

एफडीएको अनुमतिपछि अब चाँडै नै खोप अमेरिकी जनताबीच पुर्‍याइने अनुमान गरिएको छ । विगत २४ घन्टामा अमेरिकामा २ लाख ३० हजार कोरोना संक्रमित भएका छन् । यो एक दिनमा कुनै पनि देशमा देखिएको कोरोना भाइरस संक्रमित संख्यामा सबैभन्दा धेरै हो ।

फाइजरले उसको कोरोना भाइरस खोप ५ प्रतिशतभन्दा बढी प्रभावकारी भएको दाबी गरेको छ । एफडीएको स्वीकृतिपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खोपलाई छिटोभन्दा छिटो अनुमति दिन दबाब बढेको छ ।

फाइजर खोप अनुसन्धान टोली प्रमुख क्याथरिन जोनसनले बिहीबार ऐतिहासिक साइन्स कोर्ट स्टाइल बैठकमा अमेरिकी नियामकलाई आफूहरूले ४० हजारभन्दा धेरै व्यक्तिमा एक अनुकूल सुरक्षा र सहशीलता क्षमता प्रदर्शन गरेको बताए । बैठकका क्रममा धेरै प्रश्न उठाइएको थियो, धरैजसो किशोरावस्थामा खोपको प्रभावकारितासँग सम्बन्धित थिए ।

यसबीच, १७ डिसेम्बरमा मोडेर्ना र नेसनल इस्टिच्युट अफ हेल्थको कोरोना खोपलाई मञ्जुरी दिनका लागि पनि एक बैठक प्रस्तावित गरिएको छ । मोडेर्नाले पनि उसको खोप कोरोना भाइरसविरुद्ध धेरै प्रभावकारी रहेको दाबी गरेको छ । मोडेर्नाको कोरोना खोपलाई पनि स्वीकृति दिइने अनुमान गरिएको छ । यद्यपि, यसको आपूर्ति शुरूवातमा सीमित संख्यामा हुनेछ । प्राथमिकताअनुसार खोपको डोज सबैभन्दा पहिला स्वास्थ्य कर्मचारी, सेना र प्रहरीलाई दिइने बताइएको छ ।

यदि, प्रक्रिया सुचारुरूपमा अगाडि बढ्छ र अनुमति दिन्छ भने डिसेम्बर २१ सम्ममा खोप बजारमा उपलब्ध भइसक्ने मोडेर्नाका सीईओ स्टिफन बेन्सलले बताए । मोडेर्नाले आफनो आवेदनमा सोमबार घोषणा गरिएको आफ्नो आँकडालाई प्रस्तुत गरेको छ । जसमा खोप प्रभावकारी भएको दाबी गरिएको छ । परीक्षणका क्रममा सबै आवश्यक वैज्ञानिक मापदण्ड पूरा गरिएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्