फाइजरलाई एफडीएको अनुमति, लगातार किर्तिमान संक्रमित



A dose of the Covid-19 vaccination from BioNTech and Pfizer in Mainz, Germany.

वासिंगटन (एजेन्सी)

अमेरिकामा लगातार तेस्रो दिन किर्तिमान संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन् । यसबीच अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले फाइजरको कोरोना खोपलाई अनुमति दिएको छ । एफडीएको यस अनुमतिले फाइजरलाई आफ्नो कोरोना खोप बजारमा ल्याउन मार्ग प्रसस्त भएको छ ।

विहिबार हाइ पावर्ड भ्याक्सिन एडभाइजरी प्यानलको ९ घन्टा लामो म्याराथन बहसपछि फाइजर र बायाएनटेकको कोविड १९ खोपको आपतकालिन उपयोगका लागि आफनो हरियो झन्डा देखाएको हो ।ख एफडीएको अनुमतिपछि अब चाँडै नै खोप अमेरिकी जनताबीच पुर्याइने अनुमान गरिएको छ । विगत २४ घन्टामा अमेरिकामा २ लाख ३० हजार कोरोना संक्रमित भएका छन् । यो एक दिनमा कुनै पनि देशमा देखिएको कोरोना भाइरस संक्रमित संख्यामा सबैभन्दा धेरै हो ।

फाइजरले उसको कोरोना भाइरस खोप ५ प्रतिशत भन्दा बढी प्रभावकारी भएको दावी गरेको छ । एफडीएको स्विकृति पछि राष्ट्रपति डोनल्ड ट्रम्पमाथि खोपलाई छिटो भन्दा छिटो अनुमति दिन दबाव बढेको छ । फाइजर खोप अनुसन्धान टोली प्रमुख क्याथरिन जोनसनले विहिबार ऐतिहासिक साइन्स कोर्ट स्टाइल बैठकमा अमेरिकी नियामकलाई आफुहरुले ४० हजार भन्दा धेरै ब्यक्तीमा एक अनुकुल सुरक्षा र सहशिलता क्षमता प्रदर्शन गरेको बताए ।

बैठकका क्रममा धेरै प्रश्न उठाइएको थियो, धरैजसो किशोरावस्थामा खोपको प्रभावकारितासँग सम्बन्धित थिए । यसबीच १७ डिसेम्बरमा मोडेर्ना र नेसनल इस्टिच्युट अफ हेल्थको कोरोना खोपलाई मन्जुरी दिनका लागि पनि एक बैठक प्रस्तावित गरिएको छ ।

मोडेर्नाले पनि उसको खोप कोरोना भाइरस विरुद्ध धेरै प्रभावकारी रहेको दावी गरेको छ । मोडेर्नाको कोरोना खोपलाई पनि स्विकृति दिइने अनुमान गरिएको छ । यद्यपी यसको आपुर्ति सुरुवाटमा सीमित संख्यामा हुनेछ । प्राथमिकता अनुसार खोपको डोज सबैभन्दा पहिला स्वास्थ्य कर्मचारी, सेना र प्रहरीलाई दिइने बताइएको छ ।

यदि प्रक्रिया सुचारु रुपमा अगाडी बढ्छ र अनुमति दिन्छ भने डिसेम्बर २१ सम्ममा खोप बजारमा उपलब्ध भइसक्ने मोडेर्नाका सीइओ स्टिफन बेन्सलले बताए । मोडेर्नाले आफनो आवेदमा सोमबार घोषणागरिएको आफनो आंकडालाई प्रस्तुत गरेको छ । जसमा खोपको प्रभावकारि भएको दावी गरिएको छ । परीक्षणका क्रममा सबै आवश्यक वैज्ञानिक मापदण्ड पुरा गरिएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्