“एक कप चिया अभियान” बढ्दो सहभागिता



न्युज अफ नेपाल, काठमाडौँ।

दिनको एक कप चिया बराबरको रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडौँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएको युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दो छ।

विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएको सेवाको अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय बढी आजीवन सदस्य बनिसकेको अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनुभयो।

सेवामा सहभागी हुने सदस्यहरूले निःस्वार्थ रुपमा स्वयंसेवा गर्दै आएकाले आफू पनि आकर्षित भएर सदस्य बनेको काठमाडौँ, कालिमाटीकी रमिता बज्राचार्यको विचार थियो।

कोभिद १९ को प्रकोप बीच पनि आफूहरूले नेत्र सेवामा आवश्यक जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन र चिकित्सकीय सेवा प्रदान गरिरहेको अध्यक्ष रञ्जितले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्