चन्द समूहले गलत नीति त्यागोस् , राज्यले सार्थक वार्ता गरोस् : भट्टराई



न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले ‘चन्द समूहले गलत नीति त्यागेर राज्यसँग सार्थक वार्ता गर्नुपर्ने बताएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले व्यक्ति हत्यामा उत्रिएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ ट्वीट गर्दै भट्टराईले लेखेका छन् ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पु‍र्याइरहेछ,’ भट्टराईले लेखेका छन्, ‘चन्द समूहले गलत नीति त्यागोस् राज्यले सार्थक वार्ता गरोस् ।’

प्रतिक्रिया दिनुहोस्