सवारीमा यात्रुले देख्ने गवरि भाडा दर टाँस्न शुरु



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशमा सार्वजनिक भाडाका सवारी साधनहरुमा यात्रुले सहज रुपमा देख्ने गरी भाडा दर टाँस गराउने अभियान शुरु भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले नेपाल सरकारद्धारा निर्धारण गरिएको यात्रु भाडा दर टाँस विभिन्न यातायात व्यवसायीहरुसँगको समन्वयमा शुरु गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयले बताउनु भयो ।

बुटवलवाट शुरु गरिएको अभियान लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुमा चल्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा अनिवार्य रुपमा यात्रु भाडादर टाँस गरिने भएको छ ।

अभियान आगामी दिनहरुमा लुम्बिनी प्रदेश भई नेपालभर चल्ने सम्पूर्ण भाडाका सवारी साधनहरुलाई अनिवार्य रुपमा यात्रु भाडादर टाँस गर्नको लागि सम्पूर्ण यातायात व्यवसायीहरु मार्फत कार्यान्वयन गरि ट्राफिक प्रहरी कार्यालय मार्फत अनुगमन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्