रुपन्देहीमा राजावादीको प्रदर्शन, हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग



यमलाल भुसाल, बुटवल ।

राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले शुक्रबार रुपन्देहीमा प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित भलवारीबाट सुरु भएको मोटरसाइकल र्याली भैरहवाको बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

हजारौं राजावादीहरुको सहभागिता रहेको प्रदर्शनमा गणतन्त्र र संघीयताको खारेजी र संबैधानीक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनस्र्थापना गर लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा कार्यक्रम संयोजक बिपिन मल्लीक, नारायण अर्याल लगायतले बोल्दै विदेशी शक्तिको आडमा दलहरुले मुलुकलाई धर्म निरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउदै राष्ट्रिय एकता र मुलुकको राष्ट्रियताका लागि राजसंस्था पुनस्र्थापना गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्