आश्रमका वृद्धवृद्धालाई कम्बल वितरण



राम्दी आश्रमका १७ जना वृद्धवृद्धाहरुलाई कम्बल वितरण

भूूपराज बस्याल, स्याङ्जा ।

शिव पार्वती वृद्धआश्रम रामनदीधाम राम्दीमा रहेका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको छ ।

हेम एण्ड माया फाउण्डेसन अमेरिकाले पठाएको कम्बल आश्रममा रहेका १७ जना वृद्धवृद्धाहरुलाई वितरण गरिएको हो । हेम एण्ड माया फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मीको नेतृत्वमा र पत्रकार नायाराण विश्वकर्मा, सामाजिक व्यक्तित्व दिपिका अर्याल, व्यावसायी उदयराज भण्डारी ‘अतित’ को उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो ।

हेम एण्ड माया फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मीले फाण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताउनुभयो ।

उहाँले फाउण्डेसनको यात्रा स्याङ्जामा नयाँ भएकाले आश्रमलाई सम्झने मात्र काम गरेको बताउनुभयो । रेग्मीले आगामी दिनमा फाण्डेसनको केन्द्रिय कार्यालयमा सल्लाह गरेर शिवपार्वती वृद्धआश्रम सहित गण्डकी प्रदेशका विभिन्न स्थानका अप्ठ्यारामा परेकालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आश्रमका कार्यालय सचिव तथा व्यवस्थापक सुनिल श्रेष्ठले हेम एण्ड माया फाउण्डेसनले गरेको सहयोग प्रसंसनिय भएको बताउनुभयो । उहाँले देशका विभिन्न स्थानका पिडीतहरुलाई हेर्दाहेर्दै पनि राम्दीका आश्रमलाई सम्झेर सहयोग गरेकोमा सहयोगि हातहरुलाई धन्यवाद दिनुभयो । श्रेष्ठले एकदिन एकदाता कार्यक्रम र दाताहरुको यस्तै सहयोगका कारण आश्रमका वृद्धवृद्धाहरुको जीवन रक्षा भएको भन्दै सहयोगी हात बढाउन अन्य संघ संस्थाहरुलाई समेत सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

पत्रकार नारायण विश्वकर्माले हेमबहादुर थापाको ठुलो हृदयका कारण देशका हजारौँ पिडीतहरुको घाउ निको भएको बताउनुभयो । उहाँले हेम एण्ड माया फाउण्डेसनलाई गण्डकी प्रदेशमा सक्रिय बनाउन आफ्नो तर्फबाट जस्तैजुकै सहयोग गर्न पनि तैयार रहेको बताउनुभयो । आश्रममा अहिले आफन्त नभएका, परिवारले नहेरेका ६० बर्षदेखि माथिका वृद्धवृद्धाहरु बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्