स्थानीय तहले अनुमति दिने प्रहरीले नियन्त्रणमा लिने



सञ्जय कार्की, रौतहट ।

स्थानीय तहले निकासी अनुमति दिएको नदिजन्य पदार्थको ढुवानीमा प्रहरी द्धारा अबरोध हुन थालेपछि निर्माण ब्यबसायी मर्कामा परेका छन ।

स्थानीय तहले नदिजन्य पदार्थको निकासी अनुमति दिएको दुई दर्जन टिफर लाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शुक्रबार पाच घण्टा नियन्त्रणमा लिएर छाडेको छ । रौतहटको बृन्दाबन नगरपालिका र सर्लाहीको बाग्मति नगरपालिको बाग्मति नदि र क्रसर बाट निकासी गर्दै गरेको ग्रयाबेल लोड टिफर लाई प्रहरीले नियन्त्रणमा लिएपछि गौरबको आयोजना समेत प्रभाबित हुने निर्माण ब्यबसायी बताउछन । रौतहटमा बिकासका आयोजना अन्तर्गत बिभिन्न सडक र रेलमार्गको निर्माण कार्य हुदै आएको स्थानमा स्थानीय तहले तोकेको मापदण्डमा नदिजन्य पदार्थ बिक्री गर्दै आएपनि प्रहरीको बेला बेलाको अबरोधले निर्माण कार्य समेत प्रभाबित हुदै आएको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम शाहीले सुर्यास्त पछि ढुवानी गरेकोले ग्य्राबेल बोकेको टिफर नियन्त्रणमा लिएको बताउनु भयो । सडकमा ढुवानी गरेको टिफर नियन्त्रणमा लिनु भन्दा पनि अनुगमन समिति बाट नदि उत्खनन र समयको जाँच गर्नु पर्ने एक ढुवानीकर्ताले बताए । सुर्यास्तको नाममा सडकमा ढुवानी गरेको टिफर नियन्त्रणमा लिएर निर्माण ब्यबसायी लाई प्रहरीले दुख मात्र दिएको आरोप ती ब्यबसायीको रहेको छ । यसअघिनै बृन्दाबन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबले कार्यपालिकाको बैठकको निर्णय बाट रौताहा/हिमडुङ्ग–ठोकर/कन्काई जेभि लाई ५० हजार घनमिटर ग्य्राबेल निकासीको लागि अनुमति दिएको बताउनु भयो ।

०७७ साउन ५ गते नेपाल सरकार मन्त्रिपरिषदको बैठक बाट स्वीकृत ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड ०७७ अनुसार स्थानीय तह लाई अधिकार दिएको छ । सोही अधिकार बमोजिम स्थानीय तहले नदिजन्य पदार्थको उत्खनन र बिक्रीको निम्ति अमानत र निर्माण ब्यबसायीलाई

प्रतिक्रिया दिनुहोस्