नेपाल विज्ञापन संघको एड लाइबे्ररी शुरू



काठमाडौं, (नेस)
नेपाल विज्ञापन संघ (आन) को भगिनी संस्था एड क्लब अफ नेपालले एक भच्र्युअल कार्यक्रममार्फत आनको कार्यालय परिसरभित्र बिज्ञापन पुस्तकालयको उद्घाटन गरेको छ ।

एड क्लब अफ नेपाल विज्ञापन तथा मार्केटिङ क्षेत्रमा लागेका करियर बनाएका उत्साही युवाको क्लब हो ।

जसको उदेश्य नेटबर्किङ, मनिटरिङ, प्रशिक्षणको माध्यमबाट सिर्जनसिलताको अभिवृद्धि गर्दै देशमा विज्ञापन तथा मार्केटिङसम्बन्धी ज्ञान बाड्ने हो ।

क्लबले बिज्ञापन तथा मार्केटिङसँग सम्बन्धित कर्पोरेट सेक्टर, मिडिया सेक्टर उत्पादन सेक्टरमा प्रत्यक्ष तथा अप्रत्यक्ष लागेका मानिसलाई एकै थलोमा ल्याई विज्ञापन, ब्रान्डिङ ,मार्केटिङसम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने कार्य गर्दछ ।

विज्ञापन पुस्तकालयको उद्घाटन गर्दे आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल शशीले देशमा विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित सिर्जनात्मक ज्ञानको पहँुच विभिन्न पेशाकर्मी, विद्यार्थी तथा यस सम्बन्धी जिज्ञासा राख्ने सम्पूर्णमा गराउन पुस्तकालय सहयोगी हुने बताउनुभयो ।

पुस्तकालयमा विज्ञापन, मार्केटिङ, अनुसन्धान, अर्थशास्त्र, व्यावसायिक नीति, व्यवसाय कानुन, आत्मकथा लेख, घटनाक्रम, रचनात्मक, कला, लोकप्रिय बुलेटिन र लेखसम्बन्धी सयौ पुस्तक रहेका छन् । सबैका लागि पुस्तकालय खोल्न पाउँदा एड क्लब हर्षित रहेको छ ।

साथै सबैजना महानुभाबहरुलाई आफनो क्षेत्रबाट सम्बन्धित पुस्तकहरु डोनेसन गर्न आग्रह गर्दछ । एड क्लबका ज्बाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले नेपाल बिज्ञापन संघ आनको स्रोत, साधन, अनुभवलाई सबैको पहुँचमा प¥याई विज्ञापन व्रान्डिङ मार्केटिङमा गुणस्तर तथा सुधार गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्