पुतलीबजारद्वारा सहकारीलाई कृषि सामाग्रीहरु हस्तान्तरण



भूपराज बस्याल, स्याङ्जा ।

पुतलीबजार नगरपालिकाले एक सहकारीलाई कस्टम हायरीङ सेन्टर अन्तरगत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको नवज्योती कृषि सहकारीलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरेको जानकारी दिनुभयो । नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकाले कृषिमा धेरै काम गरेको बताउदै पुतलीबजार कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने बताउनुभयो ।

क्षेत्रीले सहकारीलाई उद्देश्य पुरा गर्न अनुरोध गर्दै पुतलीबजार नगरपालिीकाले अझै कृषिमा लगानी गर्ने बताउनुभयो । कार्यक्रममा थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडा सहित ९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो ।

सामाग्री बुझ्दै सहकारीका अध्यक्ष हिलबहादुर रानामगरले सामाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग र सुर्योदय क्लब बोडखोलाको व्यवस्थापनमा संचालीत कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरर्गत सामाग्री हस्तान्तरण गरिएको हो ।

पुतलीबजार नगरपालिकाले पछिल्लो समयमा कृषकहरुलाई आवश्यकता अनुसार सामाग्री वितरण गर्दै आएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनहरु पालिकाकाले विक्रि वितरण गर्ने व्यवस्था मिलाईने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्