अक्सफोर्डको कारोना खोप सुरक्षित र प्रभावकारी



लन्डन (एजेन्सी)

विश्वका विकासशील देशहरुका लागि आशाको किरण बनेको अक्सफोर्ड युनिभर्सिटी र औषधी कम्पनी एस्ट्राजेनेकाको कोरोना भाइरस खोपलाई स्वतन्त्र शोधकताहरुले समिक्षाका क्रममा पुर्ण सुरक्षित भएको सिफारिस गरेका छन् । अक्सफोर्डको कोरोना खोपको अन्तिम चरणको परिक्षण परिणाम स्वतन्त्र समीक्षाका लागि प्रतिष्ठित मेडिकल पत्रिका लासेन्टमा छापिएको हो ।

उक्त शोधमा उक्त कोरोना भाइरस विरुद्धको खोप महामारी रोक्नमा औषत ७० प्रतिशत प्रभावकारी प्रमाणित भएको परीक्षणले देखाएको उल्लेख गरिएको छ । परीक्षणमा कोरोना खोपको दुई पुर्ण डोज दिँदा ६२ प्रतिशत प्रभावकारी देखिएको र पहिला आधा र फेरी पुरा डोज दिँदा करिब ९० प्रतिशत प्रभावकारीता देखिएको लासेन्टमा प्रकासित शोधमा दावी गरिएको छ ।
अक्सफोर्डका खोप विशेषज्ञा तथा कोरोना खोप परियोजना अगाडी बढाएने प्रोफेसर सारा गिल्बर्टले मंगलबार एक पत्रकार सम्मेलनमा भनेकी थिइन्, बेलायतका लागि यो अत्यन्तै राम्रो दिन हो र यो बर्ष २०२० कै सम्भवत सबैभन्दा राम्रो दिन हो ।
कोरोनाको खोप अभियानलाई शुरुदेखि नै बेलायतका लागि मात्र नभइ आफ्नो कोरोना भाइरस खोपको सम्पुर्ण सुचना समीक्षाका लागि दिएको उनले बताइन् ।

सम्बन्धित पक्षले मागेका सबै सुचना आफुहरुले उपलब्ध गराएको पनि उनले बताइन् । अक्सफोडको खोप परियोजनाको नेतृत्व गरिरहेका सारा गिल्बर्टले भनिन् । हामीले अहिले देख्यौं कि खोप सुरक्षित छ र अत्यन्तै प्रभावकारी छ ।

यो खोप ठुलो परिमाणमा अत्यन्तै कम खर्चमा बनाउन सकिने पनि हामीलाई थाहा छ ।आगामी हप्तामा नियामक संस्थाबाट कोरोना खोपलाई स्विकृति प्राप्त हुने पनि उनले आशा ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्