एउटै आमाबाट एकैचोटी तीन संतानको जन्म



?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

कृष्णउदास खनाल, वीरगन्ज ।

रौतहटकी एक जना महिला तीन बच्चालाई एकै साथ जन्म दिएकी छन् । ती महिलाले वीरगन्ज महानगरपालिका लक्षमणवा स्थित तराई अस्पतालमा एकै साथ तीन वटा सन्तानलाई जन्म दिएकी हुन् ।

रौतहट जिल्लाको बन्कुलटोल बस्ने २२ वर्षीय अनिता देवीले एकै साथ दुई वटा छोरा र एउटी छोरी गरी तीन जना बच्चालाई जन्म दिएकी छन् । एक एक मिनेटको फरकमा तीन वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा.तरन्नुम खातुनले जानकारी दिनुभयो ।

जन्म लिएका बच्चाहरुमध्ये दुई जना बालक र एक जना बालिकालाई अस्पतालबाट विशेष सुविधा दिएर उनीहरूलाई आईसियु कक्षमा राखिएको छ । बच्चाहरु जन्मलिदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९ सय ८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको अस्पतालका प्रशासन प्रमुख शिवशंकर पटेलले जानकारी दिनुभयो ।

तीन बच्चा जन्म दिएकी आमा अनिता देवीका श्रीमान र उनका आफन्तहरु तीन वटै बच्चाहरु सकुसल भएको देखेर हर्षित भएका छन् । अस्पतालले जन्मिएका बच्चाहरुको शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्