ब्यस्त सडकमा विमान अवतरण भएपछि…



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको मिन्नियापोलिसको एउटा व्यस्त राजमार्गको इन्टरस्टेटमा अचानक एउटा सानो विमान अवतरण हुँदा त्यहाँ सवारी साधन चलाउँदै गरेका ड्राइभरहरु अक्क न बक्क भएका छन् । इन्जिनमा खराबी आएपछि सो विमानलाई त्यसरी राजमार्गको बिच भागमा अवतरण गरिएको बुझिएको छ ।

मिन्नियापोलिस देखि करिव सात माइल उत्तर पुर्वमा पर्ने आर्डन हिल्सको इन्टरस्टेट ३५ वेस्टमा सो विमानको आपतकबालिन अवतरण गरिएको थियो । राम्से काउनिट सेरिफको फेडरेसनले सो विमानको इन्जिन फेल भएको अनुमान गरेको छ ।

मिन्नेसोटा यातायात विभागले जडान गरेका क्यामेराबाट यस अस्वाभाविक अवतरणको भिडियो खिच्न सफल भएका छन् । प्रहरीका अनुसार बेल्लान्का भाइकिंग विमान अवतरण भएपछि एउटा कारसंग ठोकिए पनि कसैलाई कुनै चोट पटक लागेको छैन ।

पायलट मिन्नियापोलिस निवासी ५२ वर्षिय क्रेग गफिोर्ड रहेका छन् । शोखका लागि मात्र विमान चलाउने उनी अन्तर्राष्ट्रिय एरोव्याटिक उडान टोलिका सदस्य रहेको डब्ल्युसिसिओ टेलिभिजनले जनाएको छ । यस घटनापछि घन्टांै सम्म सो राजमार्ग अवरुद्ध हुनपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्