मंगलयात्राको सपना बोकेको स्पेसएक्सको रकेट परीक्षणमा विस्फोट



वासिंगटन (एजेन्सी)

अमेरिकी उद्योगपति तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कको मंगल ग्रह जाने सपनालाई ठुलो धक्का लागेको छ । स्पेसएक्सको अन्तरिक्ष रकेट बुधबार टेक्ससको तटमा परिक्षण प्रक्षेपणका क्रममा भयानक विस्फोटसँगै ध्वस्त भएको छ । उक्त शक्तिशाली रकेट भविष्यमा मंगलग्रह यात्रामा प्रयोग गर्न सकिने कम्पनीको अपेक्षा थियो ।

विस्फोटका बावजुद पनि स्पेसएक्सले यसलाई सानदार परिक्षण भनेको छ र पुरै स्टारसिप टोलीलाई बधाइ दिएको छ ।
टेस्ला गाडी उत्पादन गर्ने कम्पनीका मालिक एलन मस्कले पनि उक्त प्रक्षेपणको केही मिनेटपछि ट्विट गरी भनेका थिए, ‘मंगल ग्रह, हामी आउँदैछौं’ ।

यद्यपी पछि उनले रकेटको अवस्थाको जानकारी दिँदै रकेट अत्यन्त तिब्र बेगमा अवतरण भइरहेको कारण यसमा विस्फोट भएको बताए । उनले उक्त रकेटको सफल पक्षको स्मरण गर्दै भने, स्टारसिप रकेटले टकअफ गर्यो र उडानका क्रममा आफ्नो स्थिति परिवर्तन गर्यो र अवतरणका लागि ठीक ठीक प्रक्षेपण पथमा आइसकेको थियो ।

एलन मस्कले ट्वीटमा लेखेका छन्, ‘हामी ती सबै आंकडा हासिल गरिसकेका छौं जसको हामीलाई आवश्यक थियो । स्पेसएक्स टोली तपाईहरुलाई बधाई’ । बुधबार प्रक्षेपणमा रकेट सही समयमा उडान भरेको र सिधा माथि गएको थियो । यस क्रममा रकेटको अर्को इन्जिन चल्न थाल्यो । करिब ४ मिनेट ४५ सेकेन्टको उडान पछि रकेटको तेस्रो इन्जिन चल्न थाल्यो र रकेट अत्यन्तै कुसल तरिकाले आफनो अपेक्षित स्थिति तर्फ बढेको थियो ।

स्टारसिपको इन्जिन अवतरणको केही समय पहिला पुन सुरु गरियो ताकी रकेटको गतिलाई सुस्त गर्न सकुन् । तर त्यसतो हुन सकेन र रकेट आगोको गोलामा परिणत भयो । त्यसको लगत्तै रकेट जमिनमा बज्रियो । एलन मस्क प्रकाशको गतिमा चल्ने रकेट बनाउन चाहन्छ ताकी त्यसलाई मंगल ग्रहमा पठाउन सकुन् । यसअघि कयौं पटक यो रकेटको परिक्षण सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्