झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या



न्युज अफ नेपाल,भद्रपुर ।

झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ । हत्यामा संलग्न भएको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडीको कल्भर्टमुनि ती वृद्धाको शव बिहीबार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका १ का ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । उनको हत्या गर्न भद्रपुर नगरपालिका- ४ निवासी ३५ वर्षीय विशाल बिर्जा पक्राउ परेका छन् । कल्भर्ट मुनि वृद्धाको शव फेला परेको भन्दै आरोपी बिर्जाले नै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बिर्जालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफैले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान प्रहरीलाई दिएको डिएसपी थापाले बताउँनुभयो ।

प्रहरी घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पुरा मेची अस्पताल पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ, भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्