म्याराडोनाको ३७ मिलियन पाउन्ड सम्पत्तिलाई लिएर विवाद सुरु, हालसम्म १६ जनाले पेश गरे दाबी



एजेन्सी ।

हृदयघातका कारण गत महिना निधन भएका चर्चित फुटबलर डिएगो म्याराडोनाको ३७ मिलियन पाउन्ड सम्पत्तिलाई लिएर विवाद सुरु भएको छ । कानूनी हिसाबले म्याराडोनाका पाँच छोराछोरी छन् तर हालसम्म थप ७ जनाले आफू म्याराडोनाका सन्तान भएको दावी गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सम्पत्तिको हिस्सेदारी माग्दै हालसम्म कम्तिमा १६ जनाले दाबी पेश गरिसकेका छन् । यसबाहेक म्याराडोनाका चार दिदीबहिनीले पनि सम्पत्तिमा आफ्नो हिस्सेदारी खोजेका छन् । अर्जेन्टिनाको राजधानी ब्युनोर्स आयर्सस्थित स्रोतले बेलायती पत्रिका द सनसँग भनेको छन्, ‘म्याराडोनाको सम्पत्ति हत्याउने लडाइँ केवल प्रतिस्पर्धा होइन, विश्वकप नै बन्ने देखिन्छ ।’

म्याराडोनाको नाममा स्वीट्जरल्यान्ड, दुुबई र ब्युुनोर्स आयर्सका विभिन्न बैंकमा पैसा छ, त्यस्तै विश्वका विभिन्न देशमा उनको सम्पत्ति छ र उनीसँग विलासी गाडीहरु पनि थिए । म्याराडोनाले मृत्युुपूर्व इच्छापत्र नबनाएकाले म्याराडोनाका अन्य छोराछोरीले पनि उनको सम्पत्तीमा बराबरी हिस्सेदारीको दाबी पेश गर्न पाउँने छन् ।

प्रतिक्रिया दिनुहोस्