तारा नमस्ते फ़ाउंडेशनले गर्याे विद्यालयमा सहयाेग



काठमाडाैँ ।

तारा नमस्ते फ़ाउंडेशनले गाेरखाकाे एक विद्यालयमा कपडा लगायत विभिन्न सामग्री सहयाेग गरेकाे छ ।

बुधबार श्री पातलदेवी आधारभूत विध्यालय, गंड़की गाऊँपालिका, घ्यालचोक, गोरखाका बालबालिकाहरुलाई ट्रयाक सूट,स्कूल ब्याग, मास्क तथा स्कूलको लागी ३ इन वन प्रिंटर लगायतका सामाग्रीहरू सहयाेग गरेकाे अध्यक्ष तारा कुँवरले बताउनु भयाे ।

उक्त अवसरमा संस्थाका अध्यक्ष मंगलमान महर्जन, उपाध्यक्ष अशेष खनाल , सचिब उज्वल राज गौतम , कार्यसमिति सदस्यहरु ईश्वर श्रेष्ठ, अविनाश शर्मा लगायतलाई स्कूल व्यवस्थापन समितिको अध्यक्ष ,प्रधानाचार्य सितल बाबू रेग्मी तथा विद्यार्थी भाईबहिनीहरुले स्वागत तथा न्यानो अभिवादन गरेका थिए।

संस्थाका अध्यक्ष कुँवरले  सामाजिक कार्यमा निरन्तर लागीपर्ने, मन बचन र कर्मले सहयोग पूर्याउनु हूने सम्पूर्णमा धन्यवाद दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्