बेलायतमा फाइजरको कोरोना खोप लिने दुईको स्वास्थ्य खराब

क्यानाडामा पनि अनुमति



लन्डन (एजेन्सी)

बेलायतमा फाइजरको कोरोना भाइरस खोप लगाउने मध्य दुई जनाको स्वास्थ्य स्थिति खराब भएको छ । यस घटनाले फाइजरलाई लिएर जनमानसमा आशंका फैलिएको बताइएको छ ।

बेलायनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएसए) पनि सचेत रहन चेतावनी जारी गरेको छ । यो घटना कोरोना भाइरस खोप अभियान शुरु भएको २४ घन्टा भित्रै देखिएको हो । यसले बेलायत सरकारको चिन्ता बढाएको छ । खोपको दुष्प्रभाव देखिएका दुबैजना पेशाले स्वास्थ्यकर्मी हुन् ।

यसबीच कोरोना खोप अभियान शुरु गर्ने दौडमा क्यानाडा पनि समावेश भएको छ । बेलायत र बहराइनपछि अब क्यानाडाले बुधबार दुई कोरोना खोपलाई अनुमति दिएको छ । यसमा फाइजर इन्क र बायोएनटेक एसई कम्पनी समावेस छ । यो सँग क्यानाडामा कोरोना भाइरस खोप लगाउने प्रक्रियामा तिब्रता आएको छ ।

अमेरिकी औषधी कम्पनी फाइजर र जर्मनीको बायोएनटेकले सयुक्त रुपमा विकसित गरेको कोरोना खोपलाई क्यानाडाको हेल्थ रेगुलेटरले आपतकाल प्रयोगका लागि अनुमति दिएको हो ।

क्यानाडाको स्वास्थ्य विभागले यस विषयमा जारी गरिएको एक विज्ञप्तीमा भनिएको छ, हामीसँग रहेको बलियो निगरानी ब्यवस्था छ र त्यसको कडा समिक्षा प्रक्रियालाई क्यानाडाका जनता विश्वास गर्न सक्छ । जब यो खोप बजारमा आउनेछ, हेल्थ क्यानाडा र पब्लिक हेल्थ एजेन्सी अफ क्यानाडा अत्यन्त नजिकबाट खोपको निगरानी गर्ने छ र यदि कुनै चिन्ताको विषय देखियो भने आवश्यक फैसला लिने छ ।

अमेरिकाले भने अझै फाइजरको खोपलाई अनुमति दिएको छैन । तर कोविड १९ को उक्त खोपलाई लिएर पहिलो वैज्ञानिक समिक्षा जारी गर्दै खोप प्रभावकारी रहेको पुष्टि गरेको छ । यसलाई अनुमति दिएपछि देशमा सबैभन्दा ठुलो खोप अभियानका लागि मार्ग प्रसस्त हुने छ । अमेरिकाको नियामक खाद्य तथा औषधी प्रशासनका वैज्ञानिकहरुको टोलीले मंगलबार समिक्षा जारी गरेको हो ।

एजेन्सीका स्वतन्त्र सल्लाहकारको विहिबार बैठकमा करोडौं नागरिकलाई खोप अभियान सुरु गर्न यो खोप सिफारिस गर्न सकिने बताइएको छ । केही दिनमै एफडीएको निर्णय आउने र खोप लगाउने काम थालिने छ ।

फाइजरले भारतमा पनि आफनो खोपका लागि अनुमति मागेको छ । भारत सरकारले स्वदेशमै निर्मित दुई खोप र फाइजरलाई अनुमति दिने संकेत दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्