भिडियोमा माझीदाइको कथा



नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको माझी दाइ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीत गायनमा अस्मितालाई गायक भीम श्रेष्ठले साथ दिएका छन्। प्रेम रोमान्सका कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा लाहुरे युवकले आफू एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन्।

प्रेम, रोमान्स, माझीदाइले माछा मारिरहेका रमाइला दृश्यसहित वियोगान्त प्रेमकथाले भरिएको भिडियोमा गायक भीम र स्मृति श्रेष्ठको अभिनय रहेको छ।

माझीदाइले खोलामा जालो हानेर हेरेर बसेकी कान्छीको फोटो खिच्दा नजिकिएकी युवतीसँग गरिएको रोमान्टिक कुराकानीलाई निर्देशक फराज अर्पणले म्युजिक भिडियोमा प्रस्तुत गरेका छन्।

निर्देशक फराजको शब्द र संगीत रहेको भिडियोमा छायांकन अनिल कटुवाल र फराज अर्पणको रहेको छ। फराज अर्पण र सतिज श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन्। सार्वजनिक भिडियोलाई गायक श्रेष्ठकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्