वर्ल्डलिंकद्वारा मानवसेवा आश्रममा ११ लाख बराबरको न्यानो कपडा वितरण



वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । मिती २०७७ मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्स लि.का निर्देशक दोय मनोज अग्रवालज्यु र विजय जालानज्युले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण गर्नु भएको हो ।

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो । हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको समुद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पुर्ण खर्च (रु. दश लाख) समेत उपलब्ध गराएको थियो ।

मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखि सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ ।

वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दैआइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो। वर्ल्डलिंक इसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हो, जसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो कर दाता कम्पनी हो । वर्ल्डलिंकको नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । कम्पनीका ४ लाख २४ हजारभन्दा बढी ग्राहक छन । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्