हत्या अभियोगमा फरार महिला १३ बर्षपछि पक्राउ



शिक्षा पन्त,लमजुङ ।

लमजुङ प्रहरीले हत्या अभियोगमा फरार एक महिलालाई १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत लमजुङले हत्या अभियोगमा ९ वर्ष ६ महिना २१ दिन कैद सजाय सुनाएपनि फरार रहेकी साबिक ढोडेनी गाविस–७ हाल दोर्दी गाउँपालिका–६ सिमी गाउँका तत्काल १८ बर्षीय हाल ३२ वर्षीया पदमी गुरुङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार २०६४ साल बैशाख १५ गते भएको हत्या घटनाका फरार प्रतिवादी पदमी गुरुङ पक्राउ परेकी हुन् । जङ्गलमा घाँस काट्न जाँदा सोही ठाउँ बस्ने २५ बर्षीय पिचौटी गुरुङलाई ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरिएको हो ।

पदमी गुरुङ फरार भई सोही समय देखी वैदेशिक रोजगारीका सिलसिलामा ईराक गई हालसम्म उतै बसी एक महिना अगाडी घर फर्किएको सुचनाको आधारमा प्रहरीले उनको माइती घरबाट बुधबार पक्राउ गरी अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्