नक्कली नागरिकता र सवारी लाइसेन्स सहित एक जना पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र नक्कली नागरिकता सहित एक जना पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आज मध्यपुर ठिमी नगरपालिका ६ ठिमीबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भइ मध्यपुर ठिमी ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।

महाशाखाको पीडित सहायता इकाईमा आएको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।हरीले उनले चलाउँदै आएको बा १५ च ४६८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ ।

उनको साथबाट विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी ४ थान,सवारी चालक अनुमति पत्र २ थान ,सवारी चालक अनुमति पत्रको कर तिरेको रसिद एक थान, सवारी चालक विवरणको कागज ५ थान – ५, विभिन्न बैंकको २५ लाख रुपैया बराबरको चेक ४ थान,मोवाइल ३ थान र नगद एकचालिस हजार पाँच सय समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताउनुभयो ।

थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि आशिषलाई महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याईएको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्