फाइजरको कोरोना खोप आपतकाल प्रयोगका लागि उपयुक्त : एफडीए



वासिंगटन (एजेन्सी)

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले फाइजरको कोरोना भाइरस खोपबाट प्राप्त डाटाले उक्त खोप आपतकाल प्रयोगका लागि बनाइएको दिशानिर्देश अनुरुप भएको जनाएको छ । यो घोषणासँगै अमेरिकामा १६ बर्ष उमेरमाथिका ब्यक्तीहरुमा यो खोप दिन सकिने अपेक्षा गरिएको एफडिएले जनाएको छ ।

एफडीएका कर्मचारीले यस विषयमा मंगलबार जानकारी दिएको हो । दुई मात्राको यो खोपको दोस्रो डोज ७ दिनमा दिँदा कोभिड १९ संक्रमण रोक्नमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको अधिकारीहरुले बताए । यद्यपी अहिले १६ बर्ष भन्दा कम उमेरका बच्चा, गर्भवती महिला र कमजोर इम्युनिटी भएकाहरुमा यसको सुरक्षालाई लिएर फैसला गर्न डाटा पर्याप्त नभएको पनि उनीहरुले बताए ।

एफडीएले विहिबार संस्था बाहिरका विज्ञहरुसँगको बैठक अघि खोपलाई लिएर उक्त विज्ञप्ती जारी गरेको हो । बैठकमा फाइजर र जर्मन फार्मास्युटिकल कम्पनी बायोएनटेकको कोरोना खोप अमेरिकामा इमर्जेन्सी प्रयोगका लागि अनुमति दिन सकिने विषयमा छलफल हुनेछ । एफडीएले यस विषयमा केही हप्तामा फैसला गर्न सक्छ ।

फाइजरको यो खोपलाई अनुमति दिने बेलायत पहिलो देश हो । बेलायतमा यो खोप अभियान सुरु भइसकेकोछ । खोपको पहिलो डोज ९० बर्षिय किननलाई लगाइएको थियो । उनले सबैभन्दा पहिला खोप लिन पाएकोमा आफुलाई भाग्यमानी बताएकी छन् । फाइजरको खोपलाई आपतकाल प्रयोग गर्न अनुमति दिने दास्रो मुलुक बहराइन हो ।

प्रतिक्रिया दिनुहोस्