जन्मदिनमा सहयोग गर्ने माध्यम बन्दै पर्वत अस्पतालको बिपद्कोष



न्युज अफ नेपाल, पर्वत ।

नेपाल निजामति कर्मचारी संगठन पर्वतका सचिब गौरब बैरागीले आफ्नो जन्मदिनमा बुधबार पर्वत अस्पताललाई १० हजार १ सय सहयोग गर्नुभयो । पर्वत अस्पतालले विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारका लागि सहयोग पु¥याउने उद्धेश्यले शुरुवात शुरु गरेको कोषमा जम्मा गर्न बैरागीले अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीलाई सहयोग हस्तान्तरण गर्नुभयो ।

गरिब, असहय र बिपन्न वर्गको उपचारमा सहयोग पुगोस भनेर बिपद् कोषमा कुस्माका रेष्टुरेष्ट ब्यबसायी नवराज भण्डारीले पनि मंगलबार मात्रै ५ हजार ५ सय ५५ सहयोग गर्नुभयो । बैरागी र भण्डारी जस्तै सोमबार परेको आफ्नो जन्मदिनमा नेपाल निजामति कर्मचारी संगठन पर्वतका उपाध्यक्ष देबीप्रसाद पौडेलले पनि ५ हजार ५ सय ५५ रुपैया सहयोग गर्नुे असहय र विपन्न तथा विपदमा परेका विरामीहरुलाई सहयोग पुग्ने गरि अस्पतालले स्थापना गरेको विपद् कोष साच्चिकै विपदमा परेको वर्गमा पुग्ने बिश्वास सहित जन्मदिनमा थोरै भएपनि आर्थिक सहयोग गरेको पुर्वाधार बिकास कार्यालयका लेखा प्रमुख समेत रहेका गौरब बैरागीको भनाई छ ।

पुग्ने बिश्वास सहित जन्मदिनमा थोरै भएपनि आर्थिक सहयोग गरेको पुर्वाधार बिकास कार्यालयका लेखा प्रमुख समेत रहेका गौरब बैरागीको भनाई छ ।‘जन्मदिन मनाउने रकमबाट बिपन्नको उपचारमा सहयोग पुगोस र सही सदुपयोग हुने बिश्वास सहित सहयोग गरेको हुँ।’ उहाँले भन्नुभयो । संगठनकै उपाध्यक्ष पौडेल पनि पर्वत अस्पतालका पछिल्ला गतिबिधी र सुधार अभियानबाट प्रभावित भएर रकम जम्मा गरेको बताउनुहुन्छ ।

अस्पताल पर्बतले पहिलोपटक २ लाख बाट शुरुवात गरेको बिपद कोषमा अहिले २१ लाख भन्दा बढी जम्मा भैसकेको छ । जन्म, मृत्यु, बैबाहिक बार्षिकोत्सब, चौरासी पुजा जस्ता सामाजिक कार्यका अवसरमा बिपद् कोषममा दैनिक रुपमा रकम जम्मा हुँदै आएको छ ।

पोखरा निवासी रेनुका गुरुङ्गले मंगलबार नै आमाको स्मृतिमा ५ हजार ५ सय ५५ रकम सहयोग गर्नुभएको थियो । विपद् कोषमा पछिल्लो समय जन्मदिन, मृत्यु संस्कार र अन्य सामाजिक उत्सबहरुमा समेत सहयोग गर्ने क्रम बढेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । ‘सबैले सम्झने र सहयोग गर्ने प्लेट फर्मको रुपमा कोष परिणत भएको छ।’ उहाँले भन्नुभयो ‘कोषमा जम्मा हुने रकमको सही सदुपयोग हुने बिश्वास लिएका छौ ।

सामान्य खर्च गरेर उपचार सेवा पनि लिन नसक्ने व्यक्तिहरुलाई मध्यनजर गर्दै अस्पतालमा कोष खडा गरिएको अध्यक्ष पहाडीले बताउनुभयो । स्वास्थ्य उपचारका लागि पैसा खर्च गर्न नसक्ने अवस्थामा रहेका नागरीकको लागि निशुल्क उपचार गर्ने लक्ष्य अस्पतालको छ । पर्वत जिल्ला अस्पताल सरकारी भएकाले तोकिएका सेवाहरु निशुल्कनै हुने भएपनि त्यो भन्दा वाहेकका सेवाहरु लिन नसक्नेहरुलाई कोषबाट सहयोग गरिनेछ ।

बजार तथा गाउँमा वेवारिसे व्यक्तिहरु विरामी अवस्थामा भेटिएमा तिनीहरु स्थानीय जनप्रतिनिधि तथा प्रहरी मार्फत उपचारका लागि अस्पताल आईपुग्न सक्छन । त्यसैगरी असहाय, आपत विपदमा परेकाहरु थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा पनि उक्त कोषबाट सहयोग गर्न सकिने अध्यक्ष पहाडीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्