धार्मिक र पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिरमा क्षमा पुजा



न्युज अफ नेपाल, धादिङ ।

गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित किरान्चोक रणकालिका मन्दिरमा पूनः निर्माणपछि पहिलो पटक क्षमा पुजा गरिएको छ ।रणकालिका मन्दीरको किराँतहरुले राज्य गर्दा सो मन्दीर भएको क्षमा पूजा र प्राण प्रतिष्ठा गरिएको छ । कालिका मन्दीरको बारेमा लेखिएको स्मारिका समेत सो अबसरमा बिमोचन गरिएको प्रमोद अधिकारीले जानकारी दिनुभएको छ ।

सो अबसरमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम, पूर्व प्रशासक ताराना गौतम, लगायतकाको सहभागिता रहेको थियो । तल रहेको चौबाटोको किराँतचोकबाट अपभ्रम्श हुदै किराञ्चोक नाम रहन गएको हो ।

रणकालिका मन्दिर क्षेत्रमा दुर्जनहरु उत्पन्न भएपछि झगडा भएको र सो क्षेत्रमा भगवतिको आराधना गरी भगवतीले रक्षा गरेको जनश्रुती अनुसार रणकालिका नाम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनु भएको छ ।

धार्मिक र एतिहासिक महत्व बोेकेको रणकालिका मन्दीर प्रसिद्ध छ । वर्षको ६ ओटा तिथिमा मेला लाग्दछ । बाला चतुर्ददशी (बैकुण्ठ चदुर्दशी) दशैको समयमा भव्य पूजा हुने गरेको छ । बैरेनी मासटारबाट ६ किलोमिटर र महेसदोभान बजारबाट १० किलोमिटर दक्षिणतर्फ रहेको मन्दीर डाडाँमा रहेको पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्