जन्मदिनमा डा .केसीद्धारा चेपाङ बालबालिकालाई सहयोग



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा.केआईसिह केसीले जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद प्रदान गर्नु भएको छ । डा. केसीले चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद २० हजार रुपैया सहयोग प्रदान गर्नु भएको हो ।

जन्मदिन पारेर सामाजिक कार्यमा थोरै भएपनि योगदान दिने उद्देश्यले यस्तो अभियानको थालनी गरेको डा. केसीले बताउनु भयो । आफन्त डाकेर भिडभाड गरि भोज गर्नुमा खर्च हुने रकम सहयोग गर्ने परिपार्टी विकास गर्नुपर्ने उहाँले बताउनु भयो ।
सधै अरुलाई भन्नुभन्दा पनि समाज परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

डा.केसीले बुधबार चेपाङ बस्ती संरक्षण केन्द्रका सल्लाहकार दीपेन्द्र बडुवाललाई चेक हस्तान्तरण गर्नु भएको हो । गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रमा सय जना बढि अनाथ बालबालिकाहरु आश्रित छन । स्थायी श्रोत नहुदा समस्यामा रहेका बालबालिकाहरुलाई देशभरबाट सहयोग जुट्दै आएको छ । बुधवार नै डा. केसीले जन्म दिनको उपलक्ष्यमा रक्तदान समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्