सामुदायिक भवनको एक कार्यक्रम बीच हस्तानान्तरण



सरस्वति नयौपाने, रसुवा ।

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा विगत १ बर्षदेखि निर्माणाधिन सामुदायिक भवनको मंसिर २४ गते एक कार्यक्रम बीच हसतानान्तरण भएको छ ।

बहुउद्देश्यीय सामुदायिक केन्द्रको निर्माण आप्रवासन सम्बन्धि संयुक्त राष्ट्र संघिय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन (आइ.ओ.एम.) नेपालको प्राविधिक सहयोग रोयल थाइ सरकारको आर्थिक सहयोग तथा गोसाइकुण्ड गाउँपालिकासँग समन्वय गरि गएको २०७६ मंसिर १५ बाट सुरु भएको जनताबाट जनताका लागी सहयोग पुनर्लाभ र पुननिर्माणद्धारा उत्थानशिल समुदाय निर्माण परियोजना (पिट्टपी परियोजना) अन्तरगत भवन २०७७÷८÷२४ गते सम्पन्न गरि गाउँपालिकालाई हस्तानान्तरण गरिएको हो ।

किरातेश्वर साङ दोर्जे जेभिले करिब ९८ लाख तीन हजार नौ सय ११ रुपैयाको लागतमा निर्माण सम्पन्न गरेको उक्त भवन आइओएम का प्रमुख लेरिना ल्याण्डाले गोसाइकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङलाई हस्तान्तरण गर्नुभएको हो । उक्त हस्तान्तरण कार्यक्रममा ओइओएमका टीम पालिका प्रमुख वडा अध्यक्ष रसुवा माविका प्र.अ. तेम्पा रिसाङ घले विद्यार्थि जिसस सदस्य तेम्पा जिएल लगाएतका सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

यस भवन निर्माण गर्न सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यबाद वयक्त गर्दै विशेष गरि यस भवन आपतकालिन अवस्थाका लागी बनाइएको भएको हो ।अघिपछि वडा लगायत विद्यालयले यसमा अतिरिक्त क्रियाकलाप गर्न समेत सकिने पालिका प्रमुख कैसाङ नुर्पु तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्