विवाहलाई कोरोनाले पनि रोक्न सकेन



नयाँदिल्ली, (एजेन्सी)

भारतको राजस्थानको बारानमा आयोजित एउटा विवाहमा दुलाहा र दुलही दुवैले परम्परागत वेशभूषा त्यागेर पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाएर वैवाहिक संस्कार सम्पन्न गरेको एउटा रोचक दृश्य देखिएको छ ।

एकजना स्थानीय स्वास्थ्य अधिकारीका अनुसार दुलहीलाई कोरोना भाइरस पोजेटिभ देखिएकाले तिनीहरू मास्क र पीपीई लगाएर विवाह गराइएको बताएका छन् ।

विवाह कार्यक्रमको केही घण्टाअघि मात्र ती दुलहीको स्वास्थ्य उपचार नतिजा आएको थियो । तर, तिनीहरूले आइतबार भारतको पश्चिमी राज्य राजस्थानको विकट ग्रामीण क्षेत्र बारानको कोभिड क्वारेन्टाइन केन्द्रमा यसरी सुरक्षा उपाय अपनाएर विवाह गर्ने निर्णय गरेका थिए ।

पुरोहितले पनि सुरक्षाका लागि लगाएको पहिरन हेर्दा उनी अन्तरिक्ष यात्रुजस्तै देखिएका थिए । हवन गर्नेलगायतका हिन्दू धर्मको सम्पूर्ण वैदिक विधि अपनाइएको थियो । विवाहपछि दुलहीलाई सोही केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्