रोशीको सर्वाेच्च स्थान भूमीचुलीमा भ्यू-टावर



मोतीराम तिमल्सिना, काभ्रे ।

रोशी गाउँपालिकाको वडा नम्वर ९ को सर्वाेच्च स्थान भूमीचुलीडाँडामा बागमती प्रदेश सरकारले २ करोड ६१ लाख २३ हजार रुपैया लागतमा पर्यटकिय पार्क समितको भ्यू टाओर निर्माण शुरु गरेको छ । २ हजार ५ सय मिटर (८३२५ फिट) महाभारत श्रृखंला भूमीचुलीमा निर्माण हुने पूर्वाधारले रोशी र महाभारत गाउँपालिकाका नागरिकहरुको आर्थिक समृद्ध हासिल हुने विश्वास ब्यक्त गरिएको छ ।

पूर्वाधारको प्रदेश सकारका पर्यटनमन्त्री अरुण नेपाल, संघिय सांसद गंगाबहादुर दोङ्ग, प्रदेश सभा सदस्यहरु रत्न ढकाल र चन्द्र लामा, आयोजना प्रमुख विष्णु भण्डारी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहाल, नेकपा नेताहरु इन्द्र तामाङ र डिल्ली रेग्मी, वडा अध्यक्ष जनम तामाङ लगायतले शिल्यान्यास गर्नु भयो ।

भ्यु टाओर, भूमीचुली मन्दिरको ग्याभिङ्ग वाल, सिंढी निर्माण, बगैचा लगायतका पूर्वाधार निर्माणले सिङ्गो रोशी गाउँपालिका र वडा नम्वर ९ को रजबास, पिन्थली, पानान्चे लगायत महाभारत गाउँपालिका लाभान्वित हुने वडा अध्यक्ष जनम तामाङले बताउनु भयो ।

‘आयोजना समयमै सम्पन्न हुने गरी कार्य अघि बढाउन र भूमीचुली हुँदै महाभारत जाने पिन्थली रजबास मोटरबाटोलाई पक्कि सडक बनाउन प्रदेश सकारको ध्यानाकर्षण गराएका छौं’–वडा अध्यक्ष जनम तामाङले भन्नुभयो–‘संयुक्त रोशीको अवधारणा अनुसार विकास निर्माणलाई तिब्र बनाईएको छ । तीन तहकै सरकारको समन्वय गरी नागरिकहरुका आवश्यकता पुरा गर्नेर्छाै ।’

वडा अध्यक्ष जनम तामाङ, वडा सदस्य मेघ लामा, प्रदेश सभा सदस्यहरु, गाउँपालिका अध्यक्षले उठाएका सवालहरुलाई सम्बोधन गर्दै मन्त्री अरुण नेपालले अग्ला डाँडाहरुमा टाओर निर्माण गरेर मात्रै समृद्ध नहुने बताउँदै टाओर निर्माणसँगै अन्य पूर्वाधार, आयआर्जन बृद्धी, ब्यसायीक कृषि खेति र अन्य उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।

‘राजधानी तथा अन्य क्षेत्रबाट भूमीचुली आउने पर्यटकहरुका लागि बस्ने आवास, यहि उत्पादन भएका उत्पादनहरुका परिकार र फर्कँदा कोसेली लैजाने उत्पादन तयार गरी आयआर्जन गरे मात्रै समृद्ध सम्भव छ’–मन्त्री नेपालले भन्नुभयो–‘श्रोतको उपयोग र सदुपयोग आफ्नै स्थानमा गर्नु आवश्यक छ ।

त्यहि श्रोतको सहि उपयोगका लागि बागमती प्रदेश सरकारले कृषि, पर्यटनमा युवाहरुको सहभागितात्मक रोजगार बृद्धीका लागि ३ अर्बको कोष खडा गरेको छ ।’ बागमती प्रदेश सरकार सेतो खाली कागज भएकाले यो कागज भित्र जस्तो चित्र बनाए पनि सफा हुने भएकाले विकासको चित्र समृद्धको यात्रा तर्फको बनाईरहेको मन्त्री नेपालले बताउनु भयो ।

संघिय सांसद गंगाबहादुर दोङ्गले संघ सरकारले विनियोजन गरेको बजेटको सदुपयोग हुनु पर्ने बताउनु भयो । विकासमा अवरोध र असहयोग नभई बजेटको सदुपयोग हुनु पर्ने उहाँको भनाई थियो । प्रदेश सभा सदस्य रत्न ढकालले रोशी गाउँपालिकाको विकासका लागि संघ र प्रदेश सरकारको प्राथमिकता रहेको बताउनु भयो ।

बुद्ध सर्किट निर्माण, भ्यु टाओर निर्माण समृद्ध यात्राको बाटो भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको ढकालले बताउनु भयो । प्रदेश सभा सदस्य चन्द्र लामाले नेकपाको सरकारले निर्वाचनताका ब्यक्त गरेका प्रतिवद्धताहरुलाई पुरा गर्दै गएको बताउनु भयो । प्रदेश सरकारले विकट क्षेत्रको विकास प्रारम्भ गरेकाले यसले निरन्तरता पाउने बताउँदै लामाले नेकपाको बहुमत आउँदा मात्रै शुरु गरेको विकास निर्माणले पूर्णता पाउने बताउनु भयो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्रलाई बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेकाले अझै बजेट बृद्धी गर्न र नागरिकहरुको समृद्धको सपनालाई पुरा गर्न आग्रह गर्नु भयो । टाओर सहितको पूर्वाधार निर्माणले दुबै गाउँपालिकाका नागरिकहरु लाभान्वित हुने उहाँले बताउनु भयो । पर्यटन मन्त्रालयका आयोजना प्रमुख विष्णुबहादुर भण्डारीले टाओर निर्माणको कार्य समयमै सम्पन्न गरी यसबाट अपेक्षा गरिएका उदेश्यहरु पुरा गर्न सकिने बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले रोशीले पर्यटन क्षेत्रका लागि सम्भाब्यता अध्ययन गरी प्रमुख स्थानहरुको विकासका लागि गुरुयोजना तयार गरी कार्य अघि बढाएको बताउनु भयो ।

काभ्रेमा प्रदेश सरकारका महत्वपूर्ण आयोजना

बागमती प्रदेश सरकार पर्यटन मन्त्रालय अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका, नमोबुद्ध नगरपालिकामा धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको विकासका लागि ५ करोड भन्दा धेरै रकम विनियोजन भएको छ ।

रोशी गाउँपालिकाको वडा नम्वर ९ भूमीचुलीमा महाभारत गाउँपालिकासमेतलाई समेटेर पर्यटकिय भ्यू टाओरका लागि २ करोड ६१ लाख २३ हजार, भुम्लु गाउँपालिकाको पार्क निर्माणका लागि दोलालघाटमा दुईवटा शिषर्कमा बहुर्षिय आयोजनाका लागि १ करोड ७७ लाख र जल विहार सहितको पार्कका लागि नयाँ योजनामा १ करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै बनेपा नगरपालिकाको वडा नम्वर १३ को बासुकीथुम्की सामुदायिक बनमा ६१ लाख रकम विनियोजन भएको छ भने बनेपाकै वडा नम्वर २ हिलेजलजलेमा १ करोड रकम विनियोजन भएको छ । यो आयोजना बहुबर्षिय हो । त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्वर ७ मा जगबज्यैश्वर महादेव त्रिवेणी धाम त्रिबेणीमा शतल र पाटीका लागि ३० लाख रकम विनियोजन गरिएको आयोजना प्रमुख विष्णुबहादुर भण्डारीले बताउनु भयो । उक्त शतल निर्माणको शिल्यान्यास मन्त्री अरुण नेपालले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्