तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष ढुंगानाको निधन



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष सुनिल ढंगानाको ६३ बर्षको उमेरमा निधन भएको छ । मंगलवार बिहान उच्च रक्तचापका कारण आफ्नै घरको बाथरुममा लडेका ढुंगानाको उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल लैजादै गर्दा निधन भएको हो ।

नेपालको तर्फबाट बिभिन्न राष्ट्रिय खेल समेत खेलेका ढुंगाना पछिल्लो समय क्रिकेटमा नयाँ पुस्ता तयार पार्ने अभियानमा लाग्दै आउनु भएको थियो । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ निबासी ढुंगानाका १ श्रीमती, एक छोरा र ३ छोरी रहेका छन । ढुंगानाको योगीकुटी स्थित मगरघाटमा अन्त्यष्ठि गरियो ।

प्रतिक्रिया दिनुहोस्