कोरोना महामारीका कारण १ अर्ब आवादी भयानक गरीबीमा धकेलिने



न्युयोर्क (एजेन्सी)

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को एक नयाँ अध्ययनले कोविड १९ महामारीको गम्भिर तथा दिर्घकालिन परिणाम आउने क्रममा सन् २०३० सम्ममा २० करोड ७० लाख थप आवादी भयानक गरिबीमा धकेलिन सक्ने देखाएको छ । अध्ययनमा कोविड १९ बाट बच्न अपनाइएका विभिन्न उपायका कारण समग्र विकास लक्षमा पर्ने असर र महामारीका कारण आगामी दशकमा पर्ने बहुआयामिक प्रभावको आंकलन गरिएको छ ।

यो अध्ययन यूएनडीपी र डेनवर विश्वविद्यालयमा पारडी सेन्टर फर इन्टरनेसनल फ्युचर्सबीच लामो समय देखि रहेको साझेदारीको हिस्सा हो । अध्ययन अनुसार कोविड १९ महामारीको गम्भिर दिर्घकालिन परिणामका कारण यो दशकको अन्त्यसम्ममा २० करोड ७० लाख थप मानिस अत्यन्त गरीबी तर्फ धकेलिन सक्ने छ ।

यसले विश्वमा अत्यन्त गरीबको संख्या बढेर एक अर्ब नाघ्नेछ । बर्तमान मृत्यु दर र अन्तराष्ट्रिय मुद्रा कोषको हालैको बृद्धि दर अनुमानका आधारमा बेसलाइन कोविडका आधारमा महामारी पहिले विश्व जुन विकास पथमा थियो, त्यसको तुलनामा ४ करोड ३० लाख थप आवादी सन् २०३० सम्ममा भयानक गरीबीको चपेटामा आउने छ ।

यो बेला विश्वका नेताहरु जुन विकल्प चयन गर्छ, त्यसले विश्वलाई फरक फरक धारमा लान सक्ने यूएनडीपीका प्रशासक अचिम स्टिनरले बताए । गतबर्षको अन्त्यतिरबाट सुरु भएको कोरोना महामारीका कारण विश्वका प्राय देशको अर्थतन्त्र धरासायी भएको छ ।

धेरै जसो देशको आर्थिक बृद्धी ऋणात्मकमा गएको छ भने ब्यापार तथा उत्पादन संरचनामा गम्भिर असर पारेको छ । यसले बेरोजगारी चरम सीमा पुगेको छ भने पुन रोजगारीको वातावरण बन्न कठिन परिस्थितिको सामना गर्नु परिरहेको छ ।

विकसित देशहरुले देशको आर्थिक स्थितिलाई थप विग्रन नदिन एक पछि अर्को ठुल्ठुला रासीको आर्थिक राहत प्याकेज ल्याइरहेका छन् । तर गरिब तथा विकाशिल देश आर्थिक रुपमा धरासायी हुने स्थितिमा पुगेका छन् । उत्पादन तथा ब्यापारमा आएको चरम ह«ासले ती देशको राजस्वलाई धेरै ठुलो असर पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्