मुलुकमा फेरी राजनितिक समस्या खडा गर्न खोजिएको छ : प्रधानमन्त्री ओली

चोभारमा जेष्ठ नागरिक भवनको शिलान्यास



न्युज अफ नेपिाल, किर्तिपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको बताउनुभएको छ । उहाले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउदै त्यस्ता स्वार्थ पुरा हुन नसक्ने जिकीर गर्नुभएको छ । किर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उहाले सत्यभन्दा स्वार्थ बढी भएको र त्यसले कहिल्यैपनि शान्ति कायम गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

‘हामी नेपालीहरु बुद्धका अनुयायी हौ, हामीले जहिल्यैपनि स्वार्थी नभै सत्यका पुजारी हुनुपर्छ’– उहाले भन्नुभयो । पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेको तर्फ इंकित गर्दै उहाले नेपाली समाज पदभ्रष्ट हुन खोजिएको बताउनुभयो ।
नेकपा विप्लब समुहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलिमा हत्या गरेको बताउदै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै हालतमा माफी नदिने स्पष्ट पार्नुभयो ।

भन्नुभयो– यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ , अब फेरी त्यतैतिर फर्काउने अवस्था आएको छ । ‘त्यस्ता समुह कमाउने होइन, सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन’– प्रम ओलीले भन्नुभयो ।
नेपालको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उहाले भन्नभयो–‘अहिले पंखा चलाएर आधी ल्याउन खोजिरहेका छन् , त्यस्तो प्रवृतिलाइए सफल हुन दिन्नौ । पार्टीमा देखिएको अन्तरविरोधप्रति लक्षित गर्दै उहाले भन्नुभयो पंखा चलाउदैमा आधि आउदैन , साच्चिकै आधि ल्याउनुपर्छ ।

उहाले नेपाल बुद्धभुमी मात्र नभै बुद्धदर्शनको मुहान भएको बताउनुभयो । भन्नुभयो–शान्ति, मेलमिलाप र एकताको प्रतिक बुद्धको वाणीबाट नेपाल विश्वमै शान्तिभुमी भएको छ । धर्म , आस्था र भगवानको नाममा घृणा गर्ने कामलाई बन्द गर्नुपर्ने तर्क राख्दै प्रम ओलीले भन्नुभयो–हरेक धर्म शान्ति र मेलमिलापिको निम्ति हुनुपर्छ । बुद्ध नेपालमा जन्मेको विषयलाई कुनैपनि मुलुकले अतिरञ्जित गरी प्रचार गर्न नहुने बताउदै प्रम ओलीले भन्नुभयो–‘अमेरीकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेको उल्लेख गरिसकेको छ , अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मेको हो , भन्ने विषय तत्काल सच्याउनुपर्छ ।

यसअघि अमेरिकाले बुद्ध भारतमा जन्मेको भन्ने विषय पाठ्यपुस्तकमा समावेश गरेको थियो । प्रम ओलीले लुम्बिनीको गुरुयोजना अनुसार दु्रई वर्ष भित्र काम सक्नेगरी तयारी भएको जानकारी गराउदै केही महिनाभित्रै लुम्बिनीमा ५ हजार क्षमताको अ्रन्तराष्ट्रिय ध्यानकेन्द्रको निर्माण सम्पन्न भैसक्ने बताउनुभयो ।

जेष्ठ नागरिक भवन निर्माण शुरु गरेकोमा खुसी व्यक्त गर्दै उहाले यस्लाई सरकारले पुरा गरेर छाड्ने वचनबद्धता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–यस्तो सुन्दर क्षेत्र पहिचान गरेर भवन निर्माण शुरु गर्नुभएको छ , सरकारको तर्फबाट सक्दो सहयोग हुनेछ ।

कार्यक्रममा प्रम ओली र उहाकी धर्मपत्नी राधिका शाक्य, र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भुमीपुजा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ७ वर्षको अथक प्रयासपछि सो भवन निर्माणमा सार्थकता पाएको बताउनुभयो । उहाले नगरपालिकाले भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा विहारकी प्रमु्ख एवं परियोजना प्रमुख डा अनुजा गुरुमाले करिब ३० करोड लागतमा निर्माण गर्ने उद्देश्य रहेको भवनमा सबैको सहयोगको याचना गनुभएको थियो । उहाले विहारले स्वाथ्य, शिक्षा र बौद्ध शिक्षा, छात्रवृति विवरण लगायतयका काम गरिरहेको जानकारी गराउनुभयो । भन्नुभयो–यो जेष्ठ नागरिक आराम भवन ुनिर्माण गर्न सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भवनको विषयमा जानकारी गराउदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विहारका गुरुमा डा.अनोजा गुरुमा को लामो समयको प्रयासपछि निर्माण शुरु भएको बताउदै यस्लाई पुर्ण गर्न सरकारको सक्दो सहयोग हुने बचनबद्धता व्यक्त गर्नुभयो । उहाले विहारकै नाममा जग्गा प्राप्ति भएर भुमी पुजा भएको बताउनुभयो ।

कार्यक्रममा संघनायक बोधिसेन महास्थवीरले सरकारको सहयोगको सराहना गर्नुभएको थियो । कोषाध्यक्ष गुणिन्द्र बज्राचार्यले सबैको सहयोग भएमात्र निर्माण सम्पन्न गर्न सफल हुने बताउनुभयो ।

प्रमपत्नि शाक्यद्धारा ५ लाख सहयोग

प्रधानमन्त्री पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माण गर्न ५ लाख रुपिया सहयोग गर्नुभएको छ । सहयोग कार्यक्रको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास कार्यक्रममा सहभागि हुनुभएका पत्नी शाक्यको तर्फबाट ५ लाख रुपिया सहयोग हुने बताउनुभएको थियो ।

यो सरकारको तर्फबाट होइन, मेरी श्रीमति राधिका जीको तर्फबाट ५ लाख रुपिया सहयोग गरेका छौ–प्रम ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्