श्वेताले शुरू गरिन् नयाँ जीवन



नायिका तथा निर्मँत्री श्वेता खड्का एकल जीवनको अन्त्य गर्दै बैबाहिक बन्धनमा बाँधिएकी छिन्। श्वेता सोमबार बिहे बन्धनमा बाँधिएकी हुन्।

उनले सोमबार नातेदार र इष्टमित्रका सामु धनगढीका युवा विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी हुन्। केही समयदेखिको विजयेन्द्रसिंह रावतसँगको प्रेमलाई गन्तव्य दिन श्वेताले घर–परिवारको सहमतिमा गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गरेकी हुन्।

विजयेन्द्र मेटल व्यवसायी हुन्। उनको परिवारको धनगढी र चितवनमा मेटलसम्बन्धी पुस्तौनी व्यवसाय छ। उनको परिवारको फनपार्क पनि सञ्चालनमा रहेको छ।

श्वेताले भने राजधानीमा विभिन्न स्थानमा रेस्टुराँ सञ्चालन गरिरहेकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्