नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न



काठमाडौं, (नेस)

नेपाल र भारतका वाणिज्य सचिवको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयमा भारत–नेपाल अन्तर सरकारी समितिको बैठक सम्पन्न भएको छ ।

भर्चुअल बैठकमा विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीसहितको १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गर्नुभएको थियो ।

बैठकमा विभिन्न मन्त्रालय एवं विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गर्नुभएको थियो ।

आईजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्रको रुपमा रहेको छ । बैठकमा व्यापार एवं वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो ।

उक्त बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत् समीक्षा, रेल सेवा सम्झौतामा संशोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त व्यापार फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामञ्जस्यता कायमलगायतका विषयमा गहन छलफल भयो ।

व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारीस्तरमा गर्नुपर्ने प्रयासका बारे पनि दुवै पक्षबीच विस्तृत छलफल भयो ।

बैठकको तयारीका लागि यही मंसिर १८ र १९ गते अन्तर सरकारी उपसमितिको सहसचिवस्तरको बैठक बसेको थियो ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारका रुपमा रहेको छ । बैठकले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्