लुम्बिनी प्रदेशको राजधानी अस्थायी संरचनामा सार्न हतार नगर्न सत्ता र प्रतिपक्षका सांसदको माग



यमलाल भुसाल,बुटवल ।

लुम्बिनी प्रदेशको राजधानी अस्थायी संरचनामा सार्न हतार नगर्न सत्ता र प्रतिपक्षका सांसदले माग गर्नु भएको छ ।
लुम्बिनी प्रदेशको राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले औल्याएका छन् ।

बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थायी संरचना मै कार्यालयहरु लैजादाँ राज्यलाइ करोडौ रुपयां आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा रहेको छ ।

रिपोर्टर्स् क्वल लुम्बिनी प्रदेशले सोमवार बुटवलमाआयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँंग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणले मात्र सरकारको दायीत्व पूरा नभएको भन्दै नया ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।

‘प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ,संरचना केहि छैनन् ? ’उहाँको प्रश्न रहेको छ । उहाँले अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ ,बरु छिटो काम होस्।’

उहाँले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रीत भएको टिप्पणी गर्नु भयो । उहाले यस्तो महामारीको बेलामा पार्टी भित्रको झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न आग्रह गर्नु भयो ।

संघीय सरकार जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत क्रियाकलाप गरेको,नीति नियम नमानेको,तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप समेत उहाँले लगाउनु भयो ।नेपाल कम्युनिष्ठ पार्टी ( नेकपा) लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताउनु भयो । उहाँले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताउनु भयो ।

उहाँले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गर्नु भयो । सरकारले भ्रष्ट्रचार नियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु ,यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उहाँले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गर्नु भयो । साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिब कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्