चिज बिक्री नहुँदा स्थानीयस्तरमा नै अलपत्र



सरस्वती न्यौपाने, रसुवा ।

नेपालकै जेठो चीज कारखाना लाङटाङले उत्पादन गरेका चिज कोभिड—१९ को संक्रमण शुरु भए लगतै चिज विक्री नहुदा स्थानिय स्तरमा नै अलपत्र परेको छ । चार सय चौरी गाईबाट उत्पादन हुने दुध आपुर्ति गर्ने किसान को सङख्या २१ रहेको र चीज तथा मखन बिक्रि कम नै हुन थालेपछि गएको असोज १५ बाटै उत्पादन बन्द गरिएको थियो ।

गत जेठ मसान्त बाट भदौ १५ सम्म उत्पादन भएका हाल पाँच लाख १२ हजार को चीज तथा एक लाख आठ हजार रुपैया को मखन अलपत्र परेको चीज केन्द्रका प्रमुख कग्याल्पो तामाङले बताउनुभयो ।

केन्द्र प्रमुख तामाङका अनुसार नेपालकै तेस्रो पर्यटकिय गन्तव्यको रुपमा परिचित लाङटाङमा आन्तरिक तथा बाहय पर्यटकको आगमनमा मन्दी छाएपछि लाङटाङको क्याङजेन उत्पादनले केन्द्रमै अलपत्र पर्नुका साथै खासै बिक्रि नहुने र भण्डारणमा लामो सम्म एकै ठाउँमा मात्र राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफु ले नै व्यहोर्नु पर्ने भएकाले दुग्ध विकास संस्थान लैनचौर काठमाण्डौ मा लान माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्