कस्तुरीको बिना सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ



यमलाल भुसाल, बुटवल ।

कस्तुरीको बिना सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १० बस्ने २९ बर्षिय दिपक बिक,अर्घाखाँचीको छत्रदेव गाउपालिका वडा नं २ का ३२ बर्षिय सुकुरद्दीन मिया र बागलुङ नगरपालिका ६ बागलुङका ३८ बर्षिय रमेश बिक रहेका छन् ।

उनिहरुलाई रुपन्देहीको देवदह नगरपालिका वडा नं १० भलही स्थित टेक बहादुर बिकको घरबाट ६१.४४ ग्राम कस्तुरीको बिना सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्