आपत्तिजनक फोटोशुटले जेलको बास (फोटोसहित)



एजेन्सी ।

इजिप्टमा पिरामिडको पृष्ठभूमिमा उत्तेजक फोटोशुट गरेकी एक मोडल र उनका फोटोग्राफरले जेल सजाय भोग्नु परेको छ । फोटोशुटका कारण मोडल सलमा अल शिमी र फोटोग्राफर हौसम मोहम्मद जेल परेका हुन् ।

सामाजिक संजालमा फोटो सार्वजनिक भएलगत्तै तस्वीरहरु ‘उत्तेजक र आपत्तिजनक’ भएको बताउँदै धेरै मानिसले चर्को आलोचना गरेका थिए । उक्त फोटोशुटका कारण पक्राउ परेकी ती मोडललाई एक हप्ता हिरासतमा राखेर छाडिएको छ । सो फोटोशुट कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा खिचिएको थियो ।

प्रतिक्रिया दिनुहोस्