विवाह बन्धनमा बाँधिए रमेश र नन्दा



न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग आज विवाह बन्धनमा बाँधिएका छन् । विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज लगन गाँठो कसेका हुन् ।

स्नातक तह सम्ममा अध्ययन गरेकि २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । उनले काठमाडौंको कपनस्थित अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकालाई आश्रय दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्