सिन्थेटिक डलसँग सानदार विवाह



बाकु (एजेन्सी) ।

सामान्यत विवाहले दुई विपरित लिंगी बीचको बन्धनका रुपमै लिइन्छ । यद्यपी दुई महिला, दुई पुरुष र तस्रो लिंगीको विवाहले पनि अहिले समाजमा स्थान बनाइरहेको छ । तर कुनै पुरुषले पुतली ‘डल’सँग विवाह गरेको सायदै सुन्नमा आएको होला, त्यो पनि सबै विधि पुर्याएर ।

हो, कजाखस्तानका एक बडिबिल्डरले रितिरिवाज अनुसार सबै विधि पुर्याएर एक डलसँग विवाह गरेका छन् । युरी टोलोच्कोले एक डलसँग विवाह गर्दा दर्जनौं पाहुना सहभागी थिए र विवाह समारोहमा परम्परागत नृत्य कार्यक्रम पनि भएको थियो ।

युरीले आफनो विवाहको भिडियो इन्स्टाग्राममा राखेका छन्, जसमा उनी दुलहाको परम्परागत पोशाकमा मुस्कुराइरहेको देखिएका छन् । भिडियोमा उनी आफनी सुन्दर दुलही मार्गोसँग नृत्य गरिरहेको पनि देखिए । आफ्नी पत्नीसँग हात समाउँदै, काँधमा हात राख्दै नृत्य गरिरहेको दृष्यले उनीहरु अत्यन्त खुसी देखिएका थिए । तर उनकी मार्गो भने एक सिन्थेटिक सेक्स डल मात्र हो । आफ्नो असामान्य विवाहको फुटेज सेयर गर्दै उनले इन्स्टाग्राममा लेखेका छन्, अहिलेलाई यतिमात्र भएको छ । यो खुसी जारी रहनेछ ।

युरीको इन्स्टाग्राममा दुई अकाउन्ट छन् र दुबैमा गरी करिब एक लाख चालिस हजार फलोवर्स छन् । युरीले मार्गोलाई औंठी लगाउँदै अन्य सहभागीहरुको अगाडी औपचारिक चुम्बन गरेको भिडियो पनि सामाजिक सन्जालमा सेयर गरेका छन् । यो हेर्दा गैर परम्परावादी विवाह लाग्न सक्छ तर यसका लागि युरी धेरै पहिले देखि नै तयार थिए । उनी मार्गोलाई धरै चाहन्थे । उनका अनुसार मार्गो धरै नै राम्री हुन् ।

युरीले अर्को एक पोस्टमा लेखेका छन्, जोडीबीच कम मात्र कुराकानी हुनुपर्छ, उनीहरु बीच भित्री सम्बन्ध धेरै हुन आवश्यक छ । मार्गो र मैले सब्द भन्दा बुझ्नलाई केही समय लिने महसुस गरेका छौं , तर यो भावना धरैनै विशेष हुन्छ । तपाईको साथी तपाईको भित्रैदेखिको चाहनाको हकदार हो तर उसले पनि आफ्नो तर्फबाट कुनै कसर छोड्नु हुँदैन ।

मार्गोसँ पहिलोपटक एक नाइट क्लबमा भेटेको युरीले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्